काठमाडौँ — काठमाडौँमा आज गणतन्त्रवादी र राजतन्त्रवादीले छुट्टा-छुट्टै विरोध प्रदर्शन कार्यक्रम  गरिरहेका छन् । गणतन्त्रको पक्षमा समाजवादी मोर्चाले र राजतन्त्रको पक्षमा राजतन्त्रवादी दल र समूहहरूले विरोध प्रदर्शन गरिरहेका हुन्।

काठमाडौंका माइतीघर, कुपण्डोल, त्रिपुरेश्वर, सुन्धारा, न्युरोड, सोह्रखुट्टे, शान्ति बाटिका, मैतीदेवीलगायत क्षेत्रबाट समाजवादी मोर्चाले जुलुश निकालेका छन् भने राजतन्त्रवादीहरूले काठमाडौँको तीनकुनेमा प्रदर्शन राखेका छन्। दुवै शक्तिहरूले एकैदिन प्रदर्शनका कार्यक्रम राखेपछि सुरक्षा सतर्कता उच्च बनाइएको छ। प्रदर्शनका क्रममा दुई समूहको भेट नहुने गरी प्रबन्ध मिलाइएको प्रहरीले जनाएको छ।

राप्रपा, राप्रपा नेपाल लगायत दलहरूसहितको राजतन्त्रवादीहरूको प्रदर्शनका लागि दुर्गा प्रसाईंलाई कमाण्डर तोकिएको छ भने दुवैले आफ्नो आ-आफ्नो शक्ति प्रदर्शन ठूलो हुने दाबी गरेका छन्।