हेटौडा-काठमाडौं जोड्ने कान्ति लोकपथ अवरूद्ध भएको छ।

गएरातिको वर्षाका कारण बागमती खोलाको डाइभर्सन बगाएपछि सडक अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

डाइभर्सन बगाएको स्थानमा प्रहरी टोली पुगेको र अवरूद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।