काठमाडौं, असार १ — नेपालले आगामी असार १ (जुन १५) देखि बंगलादेशतर्फ ४० मेगावाट विद्युत् निर्यात सुरु गर्ने तयारी गरे पनि बंगलादेशले क्रेडिट पत्र (एल.सी) अझै नखोलेपछि निर्यात कार्यान्वयनमा अन्योल देखिएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बि.पी.डी.बी) ले अघिल्लो वर्षको विद्युत् आपूर्तिको भुक्तानी समेत गर्न बाँकी छ। यद्यपि नेपाका प्रवक्ता रजन ढकालले त्रिपक्षीय सम्झौताअनुसार विद्युत् निर्यात तोकिएको मितिमै सुरु हुने दाबी गरेका छन्।
गत कात्तिक २९ मा नेपाल, भारत र बंगलादेशका प्रतिनिधिहरूले विद्युत् व्यापार सुरु भएको घोषणा गरेका थिए। सो अवसरमा करिब ४.७ लाख युनिट विद्युत् बंगलादेश पठाइएको थियो, जसबाट ३० हजार डलर आम्दानी भएको थियो। तर सो रकम अझै तिर्इएको छैन।
विद्युत् ढुवानीका लागि धल्केवर–मुजफ्फरपुर–बर्हामपुर–भेरामारा प्रसारण लाइन प्रयोग गरिनेछ। भारतले त्रिशूली र चिलिमेबाट कुल ४० मेगावाट विद्युत् निर्यातको स्वीकृति दिइसकेको छ, जुन २०२९ सम्मका लागि मान्य हुनेछ।
नेपाले बि.पी.डी.बी सँग प्रतियुनिट ६.४ सेन्ट दरमा पाँच वर्षे सम्झौता गरेको छ। निर्यात भारतको मुजफ्फरपुरसम्म हुनेछ, त्यसपछि लाग्ने सबै शुल्क र क्षति बंगलादेशले बेहोर्नेछ।
ढकालका अनुसार एलसी खोल्ने प्रक्रिया अन्तिम चरणमा छ। “प्रारम्भिक मस्यौदा आएको छ, केही सुझाव पठाइएको छ,” उनले भने, “एल.सी खुलेपछि मात्रै भुक्तानी सुनिश्चित हुन्छ।”
गत वर्ष एल.सी नखोली केवल एक दिन १२ घण्टाका लागि विद्युत् आपूर्ति भएको थियो। यसपटक पनि त्यस्तै अवस्था नदोहरियोस् भन्नेमा नेपाल पक्ष आशावादी देखिन्छ।