Prachanda christmas Subhakamana

०९ पुस ०८० । ख्रीष्टियनहरुको महान पर्व ख्रीष्टमसको उपलक्ष्यमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभकामना व्यक्त गर्नु भएको छ ।

क्रिसमस डे सोमबार विहान प्रधानमन्त्री दाहालले आफ्नो अफिसियल फेसवुक पेजबाट ख्रीष्टमसको संदेश प्रकासन गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी दिदीवहिनी तथा दाजुभाइहरुप्रति सुस्वास्थ्य, दीर्घायु, सुख,शान्ति,समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु भन्नु भएको छ ।

संदेशमा भनिएको छः नेपालको संविधानले बहुजातीय, बहुभाषिक,बहुधार्मिक, बहुसांस्कृतिक विविधतालाई सम्मान गर्दै जुनसुकै धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नो आस्थाअनुसार धर्मको अवलम्बन,अभ्यास र संरक्षण गर्ने हकलाई मौलिक हकको रुपमा सुनिश्चि गरेको छ । विभिन्न जात,धर्म, भाषा, संस्कृति र सम्प्रदायबीच पारस्परिक सदभाव,सहिष्णुता र ऐक्यवद्धता कायम गरी राष्टिय एकता प्रवर्धन गर्नु हामी सवैको साझा जिम्मेवारी हो ।

क्रिसमस पर्वले राष्ट्रिय एकता,धार्मिक सहिष्णुता र सामाजिक सदभावलाई अझ बलियो भूमिका खेल्ने मैले विश्वास लिएको छु संदेशमा भनिएको छ ।


प्रधानमन्त्रीको क्रिसमस संदेश जस्ताकोतस्तैः