सलोमी दाहाल, काठमाडौँ | डिसेम्बर २५ तारिख मनाइने ख्रीष्टियनहरुको को बडादिन अर्थात ख्रीष्टमस विश्वभरि रमझमका साथ बढो धुमधाम गरेर मनाइन्छ । रातो र सेतोपोशाक लगाएका सान्ता, हरियाली ख्रीष्टमस ट्री र रङ्गीचङ्गी उपहारका बाकसहरुले बालबालिकाहरुलाई मात्र नभएर जवान देखि बृद्ध मानिसहरुलाई समेत आकर्षित पारेको छ ।
उपहार आदानप्रदान गर्ने, नाच्ने र गाउने, क्यारेल खेल्ने प्रथा नै ख्रीष्टमस अर्थात बढा दिन हो भनेर कतिपय मानिसहरुको भनाइ छ । अझ क्यारेल खेल्ने भनेको ख्रीष्टियनहरुको देउसीभैलो हो भन्नेचलनत प्रख्यात नै छ ! तर वास्तविक ख्रीष्टमस के हो त ? के ख्रीष्टमसको वास्तविकता सान्ता, ख्रीष्टमसट्री र क्यारेलले बताउँछ त ?
येशू ख्रीष्ट यस संसारमा मानव जातिको लागि जन्म लिनुभएको उत्सव नै ख्रीष्टमस हो । यो कुरा कतिजनालाई कथा मात्र लाग्न सक्छ । तर यसको प्रमाण हामीले छर्लङ्गै देख्न सक्छौँ ! विश्वभरीका मानिसहरुले प्रयोग गर्ने पात्रोको वर्ष ए.डी. लाई “एनो डोमिनी” भनिन्छ । “एनो डोमिनी” भन्ने शब्द मध्यकालिन ल्याटीनबाट आएको हो जसको अर्थ “परमप्रभुको वर्ष” हो । यसको संक्षिप्त रुप येशू ख्रीष्टको जन्म भएको वर्षपछिको एक वर्ष हो भनेर देखाउन प्रयोग गरिन्छ । यसको मतलब २०२३
वर्ष अगाडि येशू ख्रीष्ट यस संसारमा मानिसको रुपमा जन्म लिनुभयो।
वश्वभरिका मानिसहरुले दिन र वर्षलाई गन्नका लागि प्रयोग गर्ने आधार नै ख्रीष्ट हुनुभएको छ भने उहाँको जन्मको उद्धेश्य पनि अर्थपूर्ण नै हुनुपर्छ ।
पवित्र धर्मशास्त्र बाइबलको यूहन्ना ३ः१६ र १७ मा यसरी लेखिएको छ ‘‘किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नास नहोस्, तर त्यसले अनन्त जीवन पाओस्। किनकि परमेश्वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनुभएन, तर संसार उहाँद्वारा बाँचोस्भनेर पठाउनुभयो । यूहन्ना ३ः१६ र १७ अनुसार हामीले परमेश्वरको अपार प्रेमलाई देख्नसक्छौँ । येशू ख्रीष्टको जन्मको उद्धेश्य हामी मानिस जातिलाई उद्धार गर्न र अनन्त जीवन दिन हो । हामी सबै मानिसहरु पापी छौँ । रोमी ६ः२३ ले भन्दछ,
“किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो ।” यसको मतलव येशू ख्रीष्ट हामीले पाउनुपर्ने ज्याला आफैँ लिनुभयो र हाम्रो लागि क्रूसमा मर्नुभयो । उहाँ मर्नुभयो र गाडिनुभयो । तर उहाँ मरेकोमरेई हुनुभएन, तर तेस्रो दिनमा बौरि उठ्नुभयो।
यी कुराहरु मनन्गर्दैगर्दा, यदि उहाँ जन्मिनु नै नभएको भए मानिस जातिको उद्धार हुने थिएन र परमेश्वरसँगकोसम्बन्ध फेरी पुनस्र्थापना हुने नै रहेनछ । येशू ख्रीष्ट यो संसारलाई बचाउनका लागि जन्म लिनुभएको दिन उहाँलाई पछ्याउने मानिसहरुका लागि बडा नै हुन्छ । त्यसोभए, यो दिनमा उपहारका बाकसहरु किन आदान–प्रदान गरिन्छ त ? ख्रीष्टियनहरुका लागि सबैभन्दा ठूलो उपहार नै ख्रीष्ट हुनुहुन्छ । यही खुशियालीमा रमाउँदै, हाम्रो मुक्तिदाताको जन्म दिन
भनेर ख्रीष्टलाई प्रतिनिधित्व गर्दै आफ्नो खुशी एक–अर्कालाई बाँडिन्छ ।
कोही मानिसले आफ्नो समूदाय, देश वा संसारको लागि केही महान काम गरेभने उनीहरुको सम्झना सदैव गरिन्छ । झन पमेश्वरका पुत्र येशू ख्रीष्टले सबै मानिसका लागि उद्धार र मुक्तिजस्तो महान काम गर्नुभएको छ । त्यसैले नै यो दिनलाई बडा दिन भनिन्छ ।