ललितपुर– NCS र NCFN द्वारा संयुक्त रूपमा आयोजित प्री क्रिसमस सेलिब्रेसन 2024 ललितपुरस्थित आराधना मण्डली सानेपामा समापन भयो । NCS का केन्द्रीय सचिव रेभरेन्ट संगम केसी द्वारा औपचारिक रुपमा सञ्चालन भएको उक्त कार्यक्रममा आशा प्रेसब्रिटेन चर्चका आराधना झुण्डले आराधना अगुवाइ गरेका थिए । एन.सि.यस का उपाध्यक्ष साथै कार्यक्रम संयोजक रेभ. डाक्टर तेज बहादुर रोक्का ले आफ्नो मन्तव्य दिँदै सबैलाई स्वागत गर्नुभएको थियो।

उक्त कार्यक्रममा परमेश्वरको वचन बाट सबैलाई उत्साह दिनको लागि नेपाल सुसमाचार्य मण्डली सूर्यविनायक भक्तपुरबाट रेभ. चन्द्र श्रेष्ठ उपस्थित हुनुभएको थियो। उनले सबै मानिसहरूले क्रिसमसको उद्देश्य बुझ्नपर्छ र बालक येशू यस संसारमा बलिदानको निम्ति आउनुभएको भन्ने परमेश्वरको वचनबाट विशेष सन्देश दिनुभयो। 

इसाईहरूको एकता देखाउँदै  उक्त कार्यक्रममा बाइबलले दिएको शिक्षा अनुसार आफ्नो देशको लागि र देशमा भएका पदाधिकारीहरूको निम्ति प्रार्थना गरिएको थियो। देशको लागि प्रार्थना गर्नको लागि नेपाल ईसाई मण्डली ज्ञानेश्वरका पास्टर सिमोन पाठकले अगुवाई गर्नुभएको थियो।

उक्त कार्यक्रममा नेपाली इसाई मण्डली ज्ञानेश्वरका चन्दा देवानले सुमधुर संगीत द्वारा र नेपाली इसाई मण्डली धोबीघाटका अन्जन घलेले हार्मोनिकाको धुनबाट कार्यक्रमलाई अझै विशेष बनाउनुभयो।

उक्त क्रिसमस शुभकामना आदान प्रधान कार्यक्रममा विभिन्न व्यक्तित्वहरूले क्रिसमसको शुभकामना आफ्नो मन्तव्यद्वारा प्रधान गर्नुभयो।