प्रभुको सेवक आदरणीय पास्टर डा.बि.डी.राई फेब्रुअरी २० तारिखका दिन ९० वर्षको उमेरमा आफ्नो जीवनको दौड पूरा गरी स्वर्गीय घरमा प्रस्थान गर्नुभएको छ।
स्व. पा.डा.राई कुशल बाइबल शिक्षक, साहित्यकार, गीतकार, सम्पादक, संगीतकार, प्रकाशक हुनुहुन्थ्यो।
उहाँले नेपाली ख्रीष्टियन जगतमा अतुलनीय योगदान पुर्याउनु भएको छ।
ग्रेटविट्नेस परिवार स्व.पा.डा.राईप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै परिवार, आफन्त तथा मण्डलीमा हार्दिक समवेदना प्रकट गर्दै यस दुखद घडीमा परमेश्वरको शान्ति, सान्त्वना र अनुग्रह प्रशस्त रहेको होस् भनी प्रार्थना गर्दछ।