एन.पी.एल – पोखराले आफ्नो सुरुको दुईवटा गेम लगातार हारेसँगै आज भएको लुम्बिनी लाइन्स विरुद्धको खेलमा १७० रनको लक्ष्यलाई पछ्याउँदै अमेरिकी विकेटकीपर ब्याट्सम्यान आन्द्रिज गाउसको शानदार शतकसँगै नेपाली ब्याट्सम्यान दिनेश खरेलको अर्ध शतकले पोखरालाई शानदार जित दिलाएको छ। आज भएको खेलमा दुवैजना ओपनर दिनेश खरेल  र आन्द्रिज गाउस यस रनचेसमा नावाद रहेका छन् । आफ्नो एउटा पनि विकेट नगुमाउँदै आन्द्रिज गाउसको शतक र दिनेश खरेलको अर्धशतक सँगै एनपीएलमा पोखरा एभेन्जर्सले आफ्नो धावा बोलेको छ। पोखरा एभेन्जर्सले १७० रनको लक्ष्यलाई चेस गर्दै १६.५ ओभरमै १७० रनको लक्ष्य चेस गरेको छ। यसका साथै लुम्बिनी लाइन्सको यो लगातार दोस्रो पराजित हो भने लुम्बिनी लायन्स अझै पनि एन.पी.एल मा आफ्नो पहिलो जितको लागि संघर्ष गर्दैछ।