एन.पी.एल – अमेरिकाका विकेट किपर ब्याट्सम्यान आन्द्रिज गाउसले आज भएको खेलमा लुम्बिनी विरुद्ध १७० रनको टार्गेट चेस गर्दै उनले ५४ बलमा आफ्नो शतक पूरा गरेका छन् । यो शतक एनपीएलको पहिलो शतक हो। यसका साथै उनी एनपीएलको इतिहासमा शतक बनाउने पहिलो खेलाडी बनेका छन्। उनले आफ्नो यो पारीमा विस्फोटक ब्याटिङ गर्दै शतक पूरा गरेका छन्।