काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले यही मंसिर २६ र २७ गते केन्द्रीय कार्यालयमा स्थायी कमिटी बैठक गर्ने भएको छ।
पार्टीको देशभर गरिने सांगठनिक गतिविधि, जिल्ला तथा प्रदेशका अधिवेशन, मुलुकको समसामयिक राजनीतिक विषयवस्तु, स्थानीय तहको उपनिर्वाचनको समीक्षा, नेताहरूको कार्यविभाजन तथा संरचनामा फेरबदलसम्बन्धी निर्णय लिन बैठक बोलाइएको उपमहासचिव तथा केन्द्रीय कार्यालय सचिव रामकुमार भट्टराईले जानकारी दिए।
पार्टी संरचनामा कार्यविभाजन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठित कार्यदलले टुंगो लगाएको नामावली बैठकले अनुमोदन गर्ने बताइएको छ।