१० पुस, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले स्वदेशी मदिरा उत्पादनलाई उद्योगमा परिणत गरी ब्राण्डिङ गर्नुपर्ने बताउनुभएको छ ।
बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको ११ औं वार्षिकोत्सव उद्घाटन गर्दै उनले विदेशबाट वर्षेनी अर्बौं रकमको मदिरा आयात हुने गरेको भन्दै आयात प्रतिस्थापन गर्न घरेलु मदिरालाई उद्योगबाट उत्पादन गरी गुणस्तरीय र ब्राण्डेड बनाउनुपर्ने बताए ।
घरेलु मदिरा उत्पादनलाई उद्योगमा रुपान्तरण गर्न सक्ने हो भने गाउँघरमा हजारौं रोजगारी सिर्जना हुने र मानव स्वास्थ्यको जोखिम पनि कम हुने बताए ।
विदेशबाट सामान ल्याउने र बेचेर नाफा कमाउनेमा मात्रै सीमित छौं, आफ्नै देशमा उत्पादन गरेर रोजगारी सिर्जना गर्नेतर्फ ध्यान दिन सकेको छैन’, मुख्यमन्त्री चौधरीले भने, ‘मदिरा, मगर, थारुलगायत जातको कुरा गर्ने हो भने । नेपालले स्वदेशी मदिरा उत्पादन गरिरहेको छ, जसको ठूलो हिस्सा हो। कारोबारको मात्रा पनि बढेको छ, तर करको दायरामा आएको छैन ।
घरेलु मदिराको गुणस्तरमा पनि प्रश्न उठेको भन्दै उनले यसलाई उद्योगमा परिणत गर्न सके नेपालमै गुणस्तरीय उत्पादन गर्न सकिने बताए ।
मुख्यमन्त्री चौधरीले घरेलु मदिरा उत्पादनलाई उद्योगमा रुपान्तरणका लागि लुम्बिनी सरकारले निजी क्षेत्रसंग मिलेर अध्ययन गर्न ८ करोड रुपैयाँ बजेट छुट्याएको पनि बताए ।
पर्यटकलाई विदेशी मदिरा नभई नेपालकै ब्राण्डेड मदिरा बेच्न सके विदेशी मुद्रा आर्जन हुने सुझाए ।