पुष १६, काठमाडौँ नेपाल प्रहरीले जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतलाई पक्राउ गरेको छ । सोमवार राष्ट्रिय धोती दिवस मनाउन बबरमहलबाट माईतीघर मण्डलातर्फ जाँदैगर्दा अध्यक्ष राउतलाई प्रहरीले पक्राउ गरेको हो । राष्ट्रिय धोती दिवस मनाउने समूह निषेधित क्षेत्रतर्फ अघि बढेपछि पक्राउ गरेको प्रहरीले बताएको छ ।
सोमवार माईतीघर मण्डलामा प्रदर्शनका क्रममा पक्राउ परेसँगै प्रहरी हिरासतबाट छुटेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै
उनले आफूहरुले निषेधित क्षेत्र नतोडेको बरु कला परिषद्बाटै प्रहरीले आफूहरुलाई धरपकड गरेको बताए । उनले मन्त्री र सांसदलाई जुनकुनै बेला पनि समात्ने सरकारले जनतालाई कस्तो स्वतन्त्रता दिएको होला ? भन्दै प्रश्नसमेत गरे । उनले सरकारले रंगभेदी विभेद गरेको भन्दै यो कुरा संसद र समितिमा प्रस्तावका रुपमा लैजाने बताए ।
उनले मधेसी मुलकी मन्त्री भएकै कारण संघीय मामिता तथा सामान्य प्रशासनमन्त्री अनिता देवीलाई पक्राउ गरेको बताए । उनले अन्य पार्टीको राष्ट्रिय अध्यक्षलाई यसरी समात्न सक्छ ? भन्दै प्रश्न गरे । मधेसी मुलका बाहेकका मन्त्री र अध्यक्षलाई यसरी नै पक्राउ गरेर देखाउन चुनौति दिए ।