काठमाडौँ। माओवादी शान्तिप्रक्रियामा आएर मुलुकमा गणतन्त्र स्थापनासमेत भइसकेको अवस्थामा आजसम्म शान्तिप्रक्रिया कसले थालनी गर्यो, यसको नायक को हुन्, शान्तिप्रक्रिया स्थापना गर्न कति प्रयास र सकस व्यहोर्नु पर्यो भन्ने कुरा गर्भमै लुकेको अवस्थामा मानव अधिकार आयोगका पूर्व सदस्य पास्टर डा. केबी रोकायाले आज ललितपुरमा पत्रकार सम्मेलन आयोजना गरी यसको सम्पूर्ण इतिहासको खुलासा गरेका छन्।
पास्टर डा. रोकाया भन्छन्, “संसारको कुनै पनि स्थानमा भएको द्वन्द व्यवस्थापन मध्येमा नेपालको द्वन्द व्यवस्थापन अनौठो किसिमको छ। यसमा ख्रीष्टियनको महत्वपूर्ण भूमिका रहेको छ।”

डा. रोकाया अगाडि थप्छन्, “संसारमा भएका प्राय: द्वन्द व्यवस्थापनमा ख्रीष्टियनहरूकै भूमिका अहम् रहेको इतिहास छ।”
डा. बाबुराम भट्टराई, हिसिला यमीसंगको मित्रता नै डा. रोकायालाई यो भूमिका निर्वाह गर्ने कुन्जी बनेको उनी बताउँछन्।

उनका अनुसार माओवादी जनयुद्ध अन्तराष्ट्रियकरण भएपछि यसको समाधान कठिन बनेको र समाधानका लागि पास्टर डा. रोकाया कयौं पटक नर्वे, जर्मनी, अमेरिका पुगी समाधानको प्रयास गरेको उनी बताउँछन्।
यो इतिहास धेरै नेपाली जनता, इसाई समुदाय, विभिन्न राजनीतिक दललाई समेत थाहा नभएकाले यसको दस्तावेज बनाउनुपर्नेमा पास्टर डा. रोकाया जोड दिन्छन्।
पास्टर डा. केबी रोकायाको पूरा भिडियो हेर्न तलको लिंक खोल्नुहोस्: