Photo Credit, Turahi Patrika

काठमाडौँ। नेपाल राष्ट्रिय मण्डली संगति (एनसिएफ) का अध्यक्ष हनोक तामाङ्ले एनसिएफको दर्शन र उद्धेश्य मिल्ने जुनसुकै चर्च वा समूहसँग सहकार्य गर्न एनसिएफ तयार रहेको बताउनु भएको छ ।

एनसीएफ नेपालको स्थापनाको ६५ औं वर्षगाँठको अवसरमा आइतबार ललितपुरको कुसुन्तिस्थित एनसिएफ कार्यालयमा आयोजित एक कार्यक्रममा अध्यक्ष हनोक तामाङ्ले सो बताउनु भएको हो ।

उक्त कार्यक्रममा एनसिएफ नेपालका अन्य पदाधिकारीलगायत विभिन्न चर्चका पास्टरहरूको सहभागिता रहेको थियो।

एनसिएफ नेपाल सन् १९६० जनवरी ७ मा स्थापना भएको नेपालको चर्चहरुको पहिलो संगठन हो ।