काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कोशी प्रदेशबाट सभामुख फिर्ता गर्न केन्द्रीय समिति र कार्यसम्पादन समितिलाई निर्देशन दिएको छ । मंगलबार बसेको केन्द्रीय निर्देशन समितिको बैठकले कोशी प्रदेशका सभामुखको उम्मेदवारी फिर्ता गर्न आवश्यक कदम चाल्न केन्द्रीय कार्य समिति र कार्यसम्पादन समितिलाई निर्देशन दिएको हो ।
केन्द्रीय निर्देशन समितिका अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘पार्टी अध्यक्ष समेत सहभागिता रहेको पार्टीको पदाधिकारी बैठकमा कोशी प्रदेशको सभामुख पदमा उम्मेदवारी दिने या नदिने भन्ने बुँदामा व्यापक छलफल भएको हो । छलफलमा पार्टीले सञ्चालन गर्ने आन्दोलनलाई समेत दृष्टिगत गर्दा पदमा जानु उपयुक्त नहुने सहमति भएको हो ।’