काठमाडौँ । तपस्वी रामबहादुर बम्जनलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको प्रहरी प्रधान कार्यालयका एक उच्च प्रहरी अधिकारीले जानकारी दिएका हुन् ।
बाराको हलखोरिया जंगलमा तपस्या गरेर चर्चा कमाएका बम्जनलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो।
बम्जनको आश्रमबाट आनिसहित ४ जना सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले लामो समयदेखि उनको खोजी गरिरहेको
थियो ।
प्रहरीले यस अघि पनि बम्जनको सिन्धुपाल्चोक इन्द्रवती गाउँपालिका स्थित बाँडेगाउँ र सिन्धुलीको आश्रममा छापा मारेको थियो ।