काठमाडौँ । काठमाडौँ महानगरले ल्यायो युवा लक्षित निःशुल्क तालिम ल्याएपछि युवाहरूमा उत्साह छाएको छ। निःशुल्क तालिमको अवसर पाइने भएपछि काठमाडौँ महानगरले ल्याएको ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रममा धेरै युवाहरूको आँखा पुगेको  छ । तालिम पश्चात ३३ प्रतिशत बढीलाई रोजगारी नै दिने भन्ने महानगरको योजना रहेको छ।

काठमाडौँ महानगरपालिकाले १० वटा महानगर गौरव योजनामध्ये ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमको औपचारिक समुद्घाटन गरेको छ । मंगलबार सभागृहको हलमा महानगरकी उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यमा कार्यक्रमको औपचारिक उद्घाटन गरियो ।

एक अनलाइनसहित ३४ वटा विधाका तालिमका कार्यक्रमहरू तय गरेको महानगरले मंगलबारबाट साइवर सेक्युरिटी तालिमको शुभारम्भ गर्‍यो । चालु आ. व. मा १५ हजार व्यक्तिलाई तालिम दिने र ५ हजार व्यक्तिलाई रोजगारीमा आबद्ध गराउने लक्ष्यसहित कार्यक्रमको शुभारम्भ गरिएका महानगरकी उप–प्रमुख सुनिता ढंगोलले बताइन् । 

417364557_694910516149837_2761131247132569512_n

कार्यक्रमका लागि महानगरपालिकाद्वारा १० करोड रुपैयाँ विनियोजन गरिएको र निरन्तर तीन वर्ष ३० करोड बजेटमा प्रत्येक वर्ष १५–१५ हजार लाई तालिमको व्यवस्था गरिने युवाहरूलाई स्वरोजगार बनाई स्वदेशमै बस्ने वातावरण तयार गर्ने महानगरको उद्देश्य रहेको कार्यालयका सचिवालय सदस्य सुदिपले ढकाल बताए ।

मंगलबार उद्घाटन गरिएको ‘साइबर सेक्युरिटी’ तालिमका लागि इसी काउन्सिल र ग्याप टेक्नोलोजीले महानगरसँग सहकार्य गरेका छन् । तालिममा बद्लिँदो प्रविधि र बढ्दो डिजिटल प्रयोगका कारण भविष्यमा साइवर सुरक्षाकै क्षेत्रमा करियर बनाउन चाहने युवाहरूको भीड नै लागेको छ । जसका लागि हालसम्म ७ हजार बढी व्यक्तिले  कार्यक्रम आउन (अनलाइनबाट) रुचि देखाएको महानगरले जनाएको छ । यद्यपि ४ हजार जानालाई मात्र उक्त विषयमा तालिमका लागि छात्रवृत्तिको व्यवस्था गरिएको महानगरका सचिवालय सदस्य तथा सूचना प्रविधि विज्ञ ढकालको भनाइ छ ।  साइबर सुरक्षा चुनौतीमा १सय ६० देश मध्ये नेपाल ९४ औँ स्थानमा रहेको र साइबर सम्बन्धी घटनाहरू वार्षिक ३ सय ४० प्रतिशतले वृद्धि भइरहेको अवस्थामा यस प्रकारका तालिमले त्यसलाई घटाउनेमा महानगरले विश्वास लिएको छ भने तालिमका लागि सहकार्य गर्ने संस्था ईसी काउन्सिल र ग्याप टेक्नोलोजीले पनि युवाहरूमा अवसरको ढोका खुलाउन तालिमले ठुलो भूमिका निर्वाह गर्ने बताएका छन् ।

 

417386223_694910616149827_7656941515483554302_n

निःशुल्क तालिममा कसले सहभागिता जनाउन पाउँछ ? 

तालिममा सहभागिताका लागि काठमाडौँ महानगरले निश्चित मापदण्ड तय गरेका छ । जसमा काठमाडौँ महानगरको स्थायी बासिन्दा  हुनु पर्ने वा महानगरका करदाता हुनु पर्ने वा महानगरमा अस्थायी बासिन्दा हुनुपर्ने अथवा फोहोर प्रभावित ल्याण्डफिल साइट क्षेत्रका बासिन्दा हुनुपर्नेछ। यस्तै नेपाली नागरिकता, बसाइ सरी आएको भए त्यसको कागजात, भाडामा बस्ने भए घर बहाल सम्झौता, कर दाता भए कर तिरेको प्रमाण र ल्याण्डफिल साइट क्षेत्रको बासिन्दा भए सोको प्रमाण बोकेर मात्र तालिममा सहभागी हुन पाइने छ ।

417524605_694908216150067_5997259002439792102_n

 

महानगरका सचिवालय सदस्य ढकालले दिएको जानकारी अनुसार साइबर सुरक्षा सम्बन्धी तालिमको कोर्स विभिन्न ७ वटा प्याकेजमा रहेर तयार गरिएको र उक्त कोर्स पूरा गरिसकेपछि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारकै सर्टिफिकेट प्रदान गरिने छ । जसले युवाहरूलाई देश तथा विदेशमा रोजगारीको अवसर प्रदान गर्ने छ भने ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ भन्ने मूल नारा पनि सफल हुनेछ ।