1. सहस्राब्दी भनेको के हो? What is Millennium?
सहस्राब्दी, जसलाई सहस्राब्दी राज्य पनि भनिन्छ । महासङ्कष्टपछि र दुष्टहरूको ठूलो सेतो सिंहासन अघिको १,००० वर्षको शासन लाई नै १००० वर्षको राज्य भनिन्छ।
यसलाई सहस्राब्दी किन भनिन्छ? “ल्याटिन भाषामा मिल (Mille) को अर्थ ‘हजार’ हुनाले, यसलाई Millennium अर्थात् सहस्राब्दी र १,००० वर्ष भनिएको हो।
सहस्राब्दीको दौरानमा, येशूले इस्राएल र संसारका सबै राष्ट्रहरूमा राजाको रूपमा शासन गर्नुहुनेछ (यशैया २:४; ४२:१)। संसार शान्तिमा रहनेछ (यशैया ११:६-९; ३२:१८), त्यो बेला शैतान पातालमा बाँधिएको हुनेछ (प्रकाश २०:१-३), र, सुरुमा, सबैले परमेश्वरको आराधना गर्नेछन् (यशैया २:२-३) । १,००० वर्षको शासनको उद्देश्य परमेश्वरले संसारमा गर्नुभएका विभिन्न प्रतिज्ञाहरू पूरा गर्नु हो। यी मध्ये केही प्रतिज्ञाहरू छन् जसलाई करार पनि भनिन्छ, विशेष गरी ती प्रतिज्ञाहरु इस्राएललाई दिइएको थियो र येशूले, संसारका राष्ट्रहरू र सृष्टिलाई दिनुभएको थियो। येशूको १,००० वर्षको शासन ,उहाँका प्रतिज्ञाहरू पूरा गर्ने समय हुनेछ।
2. ख्रीष्टको हजार वर्षको शासनको उद्देश्य के हो?
यो शासन कालमा येशूले यी प्रतिज्ञाहरु अर्थात् करारहरु पूरा गर्नुहुनेछ।
१. प्यालेस्टिनी करार, जसलाई भूमि करार पनि भनिन्छ (व्यवस्था ३०:१-१०)
परमेश्वरले अब्राहामसँग गर्नु भएका करारका व्यक्तिगत पक्षहरू पूरा गरिसक्नु भएको छ; अब्राहाम प्रतिज्ञा गरिएको भूमिमा गएका थिए, उनका धेरै सन्तानहरू भए, र उनी धेरै राष्ट्रहरू अर्थात् धेरै जातिको को पुर्खा भए। अब्राहमको सयौं वर्षपछि, यहोशूले इस्राएलीहरूलाई प्रतिज्ञा गरिएको भूमिको स्वामित्व दाबी गर्न नेतृत्व गरे। तर इजरायलले उत्पत्ति १५:१८-२० र गन्ती ३४:१-१२ मा परमेश्वरले प्रतिज्ञा गर्नुभएको निश्चित सीमाहरू कहिल्यै पाएका छैनन्। सोलोमनले पनि यस विशेष् क्षेत्रमा शासन गरेनन् (१ राजा ४:२१-२४)। यद्यपि उनले मिश्रको नदीदेखि यूफ्रेटिससम्म शासन गरे तापनि उनले माउन्ट होरदेखि हजारेनन (गन्ती ३४:७-९) सम्मको क्षेत्रलाई हालको लेबनान र सिरियासम्म कब्जा गरेनन्। साथै, परमेश्वरले अब्राहामसँग बाँध्नुभएको करार थियो उनी र उनका सन्तानहरूले सधैंभरि भूमि पाउनेछन् (उत्पत्ति १३:१५; १७:८; इजकिएल १६:६०)। हालको इजरायली राज्य यस दिशामा एक कदम हुन सक्छ, तर तिनीहरूले अझै पनि परमेश्वरले तोकेका सीमाहरू अझैं प्राप्त गरेका छैनन्।
२. दाउद सँगको करार (२ शमूएल ७)
दाऊदसँगको परमेश्वरको करार थियो कि उनको वंश कहिल्यै मर्नेछैन र दाऊदको उत्तराधिकारी सधैंभरि इस्राएलको सिंहासनमा बस्नेछन् (२ शमूएल ७:१६)। बाइबलका विद्वानहरू सहमत छन् कि येशू यस करारको पूर्ति हुनुहुन्छ – उहाँको वंशावली उहाँका धर्मपुत्र पिता (मत्ती १:१-१७) र उहाँकी आमा (लूका ३:२३-३८) दुवैको लागि दिइएको कारणमध्ये एक हो। यहूदीहरूले यो बुझे जब तिनीहरूले खजूरका हाँगाहरू र आफ्नो लुगाहरू येशू यरूशलेममा प्रवेश गर्दा (मत्ती २१:१-१७) राखे। उनीहरूले उहाँलाई रोमीहरूबाट मुक्त गराउने र इजरायललाई फेरि एउटा महान् राष्ट्र बनाउने सैन्य/राजनीतिक अगुवा हुने अपेक्षा गरेका थिए। तर तिनीहरूले त्यस समयमा येशूको कामको प्रकृति नयाँ करारको लागि थियो, डेभिडिक अर्थात् दाउदसँग बाँधिएको करार होइन भनेर बुझेनन्। १,००० वर्षको समयमा इजरायल र पृथ्वीमा येशूको शासनको सुरुवात हुनेछ (प्रकाश २०:४, ६)।
३. नयाँ करार (यर्मिया ३१:३१-३४)
नयाँ करारको काम—येशूको मृत्यु र परमेश्वरसँग मान्छेहरुका हृदयहरू मिलाउनको लागि पुनरुत्थान—सहित सम्पन्न भएको छ। तर हामीले अहिलेसम्म पूर्णता देखेका छैनौं। यर्मिया ३१:३३ ले भन्छ, “तर ती दिनहरू पछि म इस्राएलको घरानासँग बाँध्ने करार यही हो, परमप्रभु घोषणा गर्नुहुन्छ: म मेरो व्यवस्था तिनीहरूमा राख्नेछु, र तिनीहरूको हृदयमा लेख्नेछु। अनि म तिनीहरूका परमेश्वर हुनेछु, र तिनीहरू मेरा मानिसहरू हुनेछन्।” इजकिएल ३६:२८ ले थप विवरण दिन्छ: “मैले तिम्रा पुर्खाहरूलाई दिएको देशमा तिमीहरू बस्नेछौ, र तिमीहरू मेरा प्रजा हुनेछौ, र म तिमीहरूको परमेश्वर हुनेछु।” यशैया ५९:२०-२१ ले यो करार उद्धारकर्ताको कारणले सम्भव छ भनेर बताउँछ, र उहाँले प्रदान गर्नुभएको मेलमिलाप सधैंभरि रहनेछ। यो करारको मतलब यो होइन कि हरेक यहूदीले उद्धार पाउनेछन्। तर यसको मतलब यो हो कि इजरायलले एक राष्ट्रको रूपमा सबै एक भएर आफ्नो मसीहको उपासना गर्नेछ। पुरानो नियमका अगमवक्ताहरू जसले यस करारको बारेमा कुरा गरे, जसमा यशैया, यर्मिया, होशे र इजकिएल, सबैले यो भविष्यमा पूरा हुनेछ भनेर लेखे। तिनीहरूको समयदेखि, इजरायल अझै पनि एक स्वतन्त्र राष्ट्र हुन सकेको छैन ,जसले आफ्नो मसीहको उपासना गर्यो (रोमी ९-११)। तिनीहरू ख्रीष्टको १,००० वर्षको शासनमा पूर्णतः स्वतन्त्र हुनेछन्।
४.अन्य प्रतिज्ञाहरू
ती माथि उल्लेखित प्रतिज्ञाहरु परमेश्वरले इजरायलसँग गर्नुभएका करारहरू हुन् जुन येशूको १,०००-वर्षको शासनमा पूरा हुनेछन्, तर बाइबलले पूरा हुने अन्य प्रतिज्ञाहरू पनि सूचीबद्ध गर्दछ।
क. परमेश्वरले येशूलाई प्रतिज्ञा गर्नुभयो कि उहाँले आफ्ना शत्रुहरूलाई खुट्टाको पाउदान बनाउनुहुनेछ, र येशूका अनुयायीहरूले उहाँलाई स्वतन्त्र रूपमा आराधना गर्नेछन् (भजन ११०)।
ख. परमेश्वरले संसारका राष्ट्रहरूलाई तिनीहरूको शासकको रूपमा येशूसँग शान्तिमा बस्ने प्रतिज्ञा गर्नुभयो (दानियल ७:११-१४)।
ग.उहाँले सृष्टिलाई प्रतिज्ञा गर्नुभयो कि श्राप हटाइनेछ (रोमी ८:१८-२३), जनावरहरू
घ. पृथ्वीलाई शान्ति र समृद्धिमा पुनर्स्थापित गरिनेछ (यशैया ११:६-९; ३२:१३-१५),
ङ. रोगबाट मानिसहरूलाई मुक्त गरिनेछ। (इजकिएल ३४:१६)। यी प्रतिज्ञाहरु पनि १,००० वर्षको शासनकालमा पूरा हुनेछन्।
येशूको १,००० वर्षको शासनको मुख्य उद्देश्य भनेको चाई इजरायललाई दिइएका भविष्यवाणीहरू र प्रतिज्ञालाई पूरा गर्नु र अन्य राष्ट्रहरू र सम्पूर्ण पृथ्वीलाई गरिएका प्रतिज्ञाहरू पूरा गर्नु हो।
अर्जुन डुलोस गोस्पल वर्कर (सुसमाचार प्रचारक) बेथस्दा चर्च, बुढानिलकण्ठ
