नेपाली इसाई मण्डली (नेइम जोरपाटी) ले आफ्नो स्थापनाको २५ औं वार्षिक उत्सव मनाएको छ।
जनवरी १९, २०२४ शुक्रबारका दिन डाँछीमा अवस्थित आफ्नै मण्डली भवनमा एक भव्य कार्यक्रमको आयोजना गरी मनाएको हो।
उक्त कार्यक्रममा विभिन्न मण्डलीका पास्टरहरू पा. डा. मंगलमान महर्जन, पास्टर हनोक तामाङ्ग, पा. सिमोन पाण्डे, पास्टर सुमन गुरुङ, पा. राजेन्द्र मल्ल, डा. बालकृष्ण शर्मा, पोखरा रामघाट मण्डलीका एल्डरप्रकाश भुजेललगायतले शुभकामना मन्तव्य दिनु
भएको थियो भने नेइम जोरपाटीका बाल बालिका तथा जवानहरूले गीत, संगीत, नृत्य प्रस्तुत गरी कार्यक्रमलाई रोचक बनाएका थिए।
नेइम जोरपाटीको २५ औं वार्षिक उत्सवको अवसरमा प्रकाशित रजत महोत्सच स्मारिकाको नेइम ललितपुरका पास्टर बीर बहादुर खवासले विमोचन गर्नु भएको थियो।
त्यसै गरी सिंगापुरबाट आउनु भएको वक्ता पास्टर रोनाल्ड सीडले प्रचार गर्नु भएको वचनको सेवकाइ र नेइम जोरपाटी मण्डलीको आराधना झुण्डले अगुवाइ गरेको आराधनाले समारोहलाई आशिषित बनाएको थियो।
कार्यक्रमको अन्तमा नेइम जोरपाटी मण्डलीका पास्टर प्रेम श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो।
Photo credit: Pastor Prem Shrestha, NIM Jorpati