बहराइन। बहराइन नेपाली चर्चले ३१ औँ वार्षिकोत्सव मनाएको छ । बहराइन स्थित मानमा मा रहेको बहराइन नेपाली चर्चले जनवरी १९, शुक्रबारका दिन चर्च स्थापनाको ३१ औं वार्षिकोत्सव मनाएको हो।
रोजगार तथा ब्यापारको सिलसिलामा बहराइन पुगेका आइपुगेका नेपाली इसाईहरुले ३१ वर्ष अघि सुरु गरेको संगतिले ३१ वर्षको अवधिमा मण्डलीको रुप लिई नेपालमा समेत यसको शाखा मण्डली स्थापना गरिसकेको छ।
लामो समय बहराइन नेपाली चर्चमा अगुवाको रुपमा सेवकाइ गरी केही महिना अघि नेपाल फर्कनुभएको पास्टर काजी थापाको अनुसार हाल बहराइन चर्चमा करिब २०० जना सदस्यहरु रहेको बताउनु भयो। छन् ।
बहराइन नेपाली चर्चले रोजगारको सिलसिलामा बहराइन आइपुगेका नेपाली इसाईहरूलाई संगति दिनुका साथै विभिन्न सामाजिक कार्य पनि गर्दै आएको छ ।