काठमाडौं। न्याय परिषद्बाट छानबिनमा परेका जिल्ला न्यायाधीश डा.परशुराम भट्टराईले पदबाट राजीनामा दिएका छन्।

न्यायाधीश भट्टराईले माघ ५ गते शुक्रवारदेखि लागू हुनेगरी आफ्नो राजीनामा बुझाएका न्याय परिषद् स्रोतले जनाएको छ। आफूमाथिको छानबिन पनि नसकिएको र जिम्मेवारी पनि नतोकिएको भन्दै न्यायाधीश डा.भट्टराईले शुक्रवार न्याय परिषद्मार्फत प्रधान न्यायाधीशसमक्ष राजीनामा बुझाएको स्रोतले जनाएको छ।

धनुषामा न्यायधीश हुँदा व्यक्ति हत्याका आरोपीलाई सफाइ दिएपछि भट्टराईलाई परिषद् तानेर छानबिन भइरहेको थियो।