काठमाडौँ। अष्ट्रेलियाको भिक्टोरियामा नेपालको सेट बनाएर हलिउड फिल्म ‘आइस रोड २’ को शूटिंग भइरहेको छ। नेपालमा आएर छायांकन गर्नु भन्दा हलिउड फिल्मका निर्माताले अष्ट्रेलियामा नेपालकै सेट बनाएर फिल्मको छायांकन गरिरहेका छन् । क्यानडाबाट सुरु भएको छायांकन अहिले अष्ट्रेलियामा जारी छ।
यो फिल्ममा लियाम निसन मुख्य भूमिकामा छन् । यो फिल्मलाई नेपालको कोदारी राजमार्गमा खिच्नुपर्ने हो । तर, नेपालको नक्कली सेट बनाएर फिल्मलाई अष्ट्रेलियामा खिचिएको हो ।
सार्वजनिक भएको तस्बिरमा मुख्य नायक निसन नेपाली प्रहरीसँग द्धन्द्ध गरिरहेको देख्न सकिन्छ। नेपालमा अहिले जाडो महिना चलिरहेकाले निसनले बाक्लो कपडा लगाएका छन् । ७१ बर्षका यी नायकले रिसको झोकमा नेपाल प्रहरीलाई मुक्का प्रहार गरिरहेका छन् । यो फिल्मले आफ्नो मृत भाइको अस्तु बोकेर सगरमाथा जान लागेको एक पुरुषको कथालाई पर्दामा उतारेको छ ।
सन् २०२१ मा रिलिज भएको फिल्म ‘आइस रोड’को सिक्वेलको रुपमा यो फिल्म तयार भइरहेको छ ।