काठमाडौँ । सशस्त्र प्रहरी अस्पतालमा कार्यरत डा. सौरभ श्रेष्ठलाई सशस्त्र प्रहरी महानिरीक्षक प्रशंसा निशान प्रदान गरिएको छ ।
सशस्त्रको २३ औँ स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले डा. श्रेष्ठलाई सो प्रशंसा निशान प्रदान गरेका हुन् ।
एपीएफ अस्पतालमा कार्यरत डा. शौरभ प्रहरी नायव उपरीक्षक (डिएसपी) हुन् । सौरभले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै उनलाई प्रशंसा निशान प्रदान गरिएको हो ।
मंगलबार हलचोक स्थित सशस्त्रको हेड्क्वार्टरमा आयोजित समारोहमा उनलाई आईजीपी अर्यालले प्रशंसा निशान र प्रशंसा पत्र प्रदान गरेका हुन् ।