lzIffdGqL /fO{ z'esfdgf dGtJo lbg'x'Fb} sf7df8f}, @* j}zfv . lzIff, lj1fg tyf k|ljlwdGqL czf]ss'df/ /fO{ z'qmaf/ …cg]s cfofddf qmflGtof]4f k|]ds[i0f kf7sÚ gfd k':tfssf] nf]sfk{0f sfo{qmddf z'esfdgf dGtJo JoQm ug{'x'Fb} . tl:a/ M /Tg >]i7÷/f;;

भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सङ्घीय शिक्षा विधेयक संसद्बाट छिट्टै पारित हुने बताएका छन् । एसओएस हर्मन माइनर विद्यालय सनोठिमीमा बुधवार आयोजित ‘स्पोर्ट मिट, २०२४’ कार्यक्रममा मन्त्री राईले सङ्घीय संसद्मा प्रस्तावित विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० संसद्मा छलफलको क्रममा रहेको जानकारी दिए ।

उनले संसद्मा विचाराधीन नयाँ सङ्घीय शिक्षा विधेयक पारित भएपछि यसबाट सामुदायिक विद्यालयको अवस्था उन्नत र माथिल्लोस्तरमा लैजान मद्दत पुग्ने विश्वास व्यक्त गरे । सरकारले शिक्षामा दीर्घकालीन परिणाम दिने गरी काम गरिरहेको मन्त्री राईको भनाइ थियो । शिक्षा क्षेत्रमा रहेका कमीकमजोरी सुधार्न आफू लागि परेको उनले उल्लेख गरे ।
कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, विद्यालयका राष्ट्रिय निर्देशक गङ्गाबहादुर गुरुङ्, प्राचार्य रञ्जना बजगाईं लगायतले विद्यालयको शैक्षिक गुणस्तरमा धयान दिन आग्रह गरेका थिए ।