काठमाडौं । त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप पुरुष कप क्रिकेट प्रतियोगिताको फाइनल नजिक पुगेको छ ।
सोमबार किर्तिपुरस्थीत टियु क्रिकेट मैदानमा भएको खेलमा सुदुरपश्चिम प्रदेशलाई ९७ रनले पराजित गर्दै आर्मी फाइनल नजिक पुगेको हो । आर्मीले दिएको २६३ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिम ४० दशमलव १ ओभर खेल्दा १६५ रनमा समेटियो । आर्मीका लागि तिव्र गतिका बलर जितेन्द्र मुखियाले सर्वाधिक ५ विकेट लिए । त्यस्तै सोमपाल कामीले २ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको आर्मी ४८. दशमल ३ ओभर खेल्दा २६२ रनमा समेटियो । आर्मीका लागि कुशल मल्लले सर्वाधिक ७५ रन बनाए । सुदुरका लागि भोजराज भट्टले ६ विकेट लिए । आर्मी ८ खेलमा ६ जित सहित १२ अंक बटुल्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । आर्मीले बिहीबार गण्डकीसंगको खेलमा जीत हासिल गरे फाइनल प्रवेश गर्नेछ ।