काठमाडौं । नेपाल सरकारको गोल्ड मेडलिस्ट उपसचिव प्रमोद नेपाल भ्रष्टाचारी ठहरिएका छन्।
पर्यटकीय स्थलमा प्याराग्लाइडिङको अनुमति दिने भन्दै घुस खाएको कसूरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल भ्रष्टाचारी ठहरिएका हुन् ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उपसचिव नेपाललाई दोषी ठहर गर्दै १ वर्ष कैद र ६ लाख रुपैयाँ जरिवाना असुल्ने फैसला गरेको हो । यही प्रकरणमा पक्राउ परेका हरिभक्त श्रेष्ठले भने सफाइ पाएका
छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल र श्रेष्ठलाई गत वर्ष साउनमा पक्राउ गरेको थियो । घुसबापत सेवाग्राहीबाट बुझेको ६ लाख र आफू चढेको गाडीमा थप साढे १६ लाखसहित अख्तियारले उपसचिव नेपाललाई पक्रेको थियो ।
नेपाल ‘गोल्ड मेडलिस्ट’ उपसचिव हुन् । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्ने क्रममा स्वर्णपदक पाएका उनले बेलायतमा छात्रवृत्तिमा पढ्ने अवसर समेत पाएका थिए । तर, छात्रवृत्तिमा अध्ययन गरेर फर्किएको आठ महिना पुग्दा नपुग्दै घुससहित रंगेहात पक्राउ परेका थिए । अहिले भ्रष्टाचारी ठहर भए।