काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दले पदबाट राजीनामा दिएका छन्।
व्यक्तिगत कारणले आफूले राजीनामा दिएको प्रहरी नायब महानिरीक्षक चन्दले जानकारी दिएका छन्। उनले भने, “मैले मेरो व्यक्तिगत कारणले शुक्रबार राजीनामा दिएको छु, बाँकी अहिले म केही भन्दिनँ।”
चन्दको उमेर हदको सेवाअवधि आगामी २०८१ चैत मसान्तसम्म रहेको थियो।
विमानस्थलमा खटिएका प्रहरी अधिकारी र अध्यागनमा कार्मचारीबीच तनाव सृजना भएको केही दिनपछि विमान स्थलका सुरक्षा प्रमुखले दिएको राजीनामा लिएर धेरै अडकल र चासो ब्यक्त भएका छन्।
प्रहरी र अध्यागमन कर्मचारी बीचको उक्त घटना छानबिन गर्न गृहमन्त्रालयले गठन गरेको समितिले गत बुधबार मात्रै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको थियो।