कास्की। ‘सरूभक्त राष्ट्रिय बाल प्रतिभा पुरस्कार–२०८०’ बालकलाकार सुप्रिम मल्ल ठकुरीलाई प्रदान गरिएको छ।
शनिबार आयोजित विशेष कार्यक्रममा शिक्षासेवी जर्ज जोन, संस्कृतिकर्मी तीर्थ श्रेष्ठलगायतले सो पुरस्कार प्रदान गरेका हुन् ।
पोखराको सरूभक्त केन्द्रद्वारा स्थापित उक्त पुरस्कार रु ५० हजार राशिको भएको ‘सरुभक्त केन्द्रले जनाएको छ।