काठमाडौँ । हिजो पत्रकार दिवाकर शाहले पत्रकार आचार संहिता उल्लङ्घन गर्दै रिपोर्टिङ गरी ईसाई धर्मालम्बीका प्रचारक साजन श्रेष्ठ र सोम माया राईसँग गरेको दुर्व्यवहारको खण्डन गर्दै पत्रकार सम्मेलन राखियो।
उक्त पत्रकार सम्मेलनमा विभिन्न पत्रकार, राजनीतिक दल र इसाई अभियन्ताहरूले पत्रकार दिवाकर शाहले गरेको दुर्व्यावरको घोर भत्सर्ना गरेका थिए।
यस घटनाका पीडित साजन श्रेष्ठले त्यस घटनाका समयमा शाहले गरेका व्यवहारहरु कानुन विपरीत भएको र नेपालका इसाई धर्मालम्बीहरू यस्ता घटनाले पीडित भएका गुनासो व्यक्त गरे ।
त्यति मात्र नभएर इसाई आस्थाप्रतिको उनको विश्वास र प्रचारको निडरता देखाउँदै उनले भने, “म खुल्ला प्रचारक हुँ र निडरतासाथ प्रचार गर्छु र खुकुरी आए पनि म त्यहाँबाट भाग्नेवाला छैन, किनकि म प्रभुको लागि ज्यान दिन्छु भनेर लागि परेर, अगाडि बढेको व्यक्ति हुँ, सुसमाचारको लागि म मर्न तयार छु।”
त्यसैगरी पीडित महिलाले आफूमाथि भएको दुर्व्यवहार र जबरजस्ती लिएको इन्टरभ्युले आफ्नो व्यक्तिगत जीवनमासमेत असर गरेको व्यक्त गरिन् ।
उक्त पत्रकार सम्मेलनमा विभिन्न पत्रकारहरु, राजनीतिक दलका सदस्यहरू, इसाई महासङ्घका उपाध्यक्षलगायत इसाई अभियन्ताहरूले पत्रकार आचारसंहिता विपरीत रहेर पत्रकारिता गर्न नपाइने र पत्रकार दिवाकर शाहलाई कारबाही हुनपर्ने माग गरे ।