युक्रेनसँग पुनःवार्ता शुरु गर्ने नगर्ने बल रुसको कोर्टमा नरहेको रुसी विदेशमन्त्री सर्गेई लाभरोभले शुक्रबार बताउनुभएको छ ।
“युरोमैदानः युक्रेनको हराएको दशक,” सम्मेलनमा बोल्दै मन्त्री लाभरोभले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुनै पनि वार्तालाप नगर्ने बिलमा हस्ताक्षर गरेको सम्झना गर्दै उहाँले यसका युक्रेन नै लागि जिम्मेवारी रहेको टिप्पणी गर्नुभयो ।
राष्ट्रपति जेलेन्स्कीले सन् २०२२ नोभेम्बरमा इन्डोनेसियामा भएको जी–२० शिखर सम्मेलनमा रूस–युक्रेन द्वन्द्व अन्त्य गर्न १० बुँदे शान्ति योजना अगाडि बढाएको विषय पनि स्मरण गरिएको थियो ।