काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदनको अध्ययनमा भौतिक योजना तथा निर्माणमन्त्री प्रकाश ज्वाला देखिएपछि उनलाई सरकारबाट फिर्ता बोलाउने विषयमा निर्णय लिने भएको छ ।

गत पुस १३ गते बालकुमारी घटनामा आयोगले मन्त्री ज्वालालाई दोषी ठहर गरेपछि पार्टीले आन्तरिक छलफलबाट यस्तो निर्णय गरेको हो ।

पार्टीको आजको बैठकमा मन्त्री ज्वालाका विषयमा छलफल भए पनि आयोगको रिपोर्ट हेरेर निर्णय गरिने पार्टी उपाध्यक्ष प्रमेश हमालले राससलाई जानकारी दिए ।

जाँचबुझ आयोगले मन्त्री ज्वालासहित तीन जनालाई दोषी ठहर गरेपछि उनलाई राजीनामा गराउन पार्टीमा केही नेताहरूले सुझाव दिनु भएको आशय उनले व्यक्त गरे ।