काठमाडौँ : HTP खबरका संचारकर्मी दिवाकर शाह विरुद्ध प्रेस काउन्सिलमा उजुरी दर्ता गरिएको छ।
साहले पत्रकार आचारसंहिता २०७३ को खण्ड ५ को १-२ उल्लंघन गर्दै पूर्वाग्रही ढंगबाट अल्पसंख्यक धार्मिक समुदायक व्यक्तिमाथि अभद्र व्यवहार गरी धार्मिक सद्भावमा खलल पुग्ने गरी समाचार सम्प्रेषण गरेको आरोप लगाउँदै आज प्रेस काउन्सिलमा उजुरी दर्ता गरिएको हो।
पीडित साजन श्रेष्ठ र सोममाया राईले शाहविरुद्ध उजुरी दिएका हुन्।