लिस्बन : उपचार अभावमा पोर्चुगलमा बिचल्लीमा परेकी सिन्धुली, मरिण–३ की २९ वर्षीया सुस्मिता मोक्तानलाई स्वीट्जरल्याण्डबाट आर्थिक सहयोग प्राप्त भएको छ । गैर आवासीय नेपाली सङ्घ स्वीट्जरल्याण्डकी सचिव सुनिता तामाङ ब्लोनको सक्रियतामा आर्थिक सङ्कलन गरी २ हजार २४६ युरो अर्थात् झण्डै तीन लाख बीस हजार रुपैयाँ पीडित मोक्तानलाई सहयोग प्रदान गरिएको हो ।