काठमाडौँ । आइसिसी विश्वकप लिग टू क्रिकेट अन्तर्गत आज नामिबिया र नेदरल्याण्ड्सबीच खेल हुँदैछ। सो खेल आज बिहान साढे ९ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदैछ।
नामिबिया नेदरल्याण्ड्ससँग पहिलो खेलमा पराजित भएको थियो भने नेपालविरुद्ध भने दुवै खेल जित्दै शीर्ष स्थानमा रहेको छ । नेदरल्याण्ड्स नेपालसँग पराजित भएको थियो भने नामिबियालाई पराजित गरेको थियो ।
विश्वकप लिग टूमा ८ टिमले प्रतिस्पर्धा गरेका छन् । जसको शीर्ष चारमा पर्ने टिमले विश्वकपको ग्लोबल क्वालीफायरमा प्रतिस्पर्धा गर्ने छन् ।
आइसीसीका अनुसार लिग–२ मा शीर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडी रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन् । आजको खेलपछि सिरिजको अन्तिम खेलमा आइतबार नेपालले नेदरल्यान्ड्सको सामना गर्ने तालिका रहेको छ ।