काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन भत्किन नदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाब दिएका छन्।
राष्ट्रिय सभा अध्यक्ष कसले लिने भन्ने विषयमा देखिएको विवादका कारण सत्ता गठबन्धन भत्किन सक्ने आशंकाले नेपालले यस्तो सुझाब दिएको बुझिएको छ।
सत्तारुढ दल नेपाली कांग्रेस र सरकारको समेत नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रबीच राष्ट्रिय सभाको अध्यक्षमा हानथाप देखिएपछि नेपालले प्रचण्डलाई भेटेरै यस्तो सुझाव दिएका हुन् ।
‘प्रधानमन्त्री परिवर्तन भएपछि संवैधानिक परिषदमा माओवादीको उपस्थिति शून्य हुन्छ । त्यसो भएकाले पनि राष्ट्रिय सभा अध्यक्ष माओवादीले नै लिनुपर्ने हुन्छ’, प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘यस्तो अवस्थामा कांग्रेस सहमतिमा आउनु नै उचित हुन्छ ।’
प्रधानमन्त्री प्रचण्डको कुरा सुनेपछि अध्यक्ष नेपालले कांग्रेस–माओवादी जसले राष्ट्रिय सभा अध्यक्ष लिए पनि गठबन्धन नभत्किने दिन नहुने सुझाब दिएका थिए । ‘राष्ट्रिय सभाको अध्यक्ष तपाईँहरू जसले लिए पनि लिनुस्, तर गठबन्धन भत्किनुभएन’, नेपालले प्रचण्डलाई भनेका थिए ।