काठमाडौँ । डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र फुटबल क्लब र न्युरोड टिम (एनआरटी) केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार सम्पन्न सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन मच्छिन्द्रले भारतीय क्लब मानेभञ्ज्याङ फुटबल क्लबलाई ५–०, र एनआरटीले जावलाखेल युथ क्लबलाई ३-० गोल अन्तरले पराजित गरी फाइनलको यात्रा तय गरेका हुन्।