काठमाडौँ । काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट अन्तर्गत आज नेपालले नेदरल्यान्डसँग खेल्दैछ । नेपाल, नामिबिया र नेदरल्याण्ड्स सम्मिलित त्रिकोणात्मक सिरिजमा नेपाल दुई खेलमा पराजित र एक खेलमा विजयी भएको छ ।
आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्ससँग पराजित नेपाल आज बदला लिने योजनामा हुनेछ । खेल बिहान साढे ११ बजेपछि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।