पोखरा । आजदेखि सुन्दर पर्यटकीय नगरी पोखरामा विकास शिल्ड राष्ट्रिय व्हील्चेयर बास्केटबल च्याम्पियनसिप नेपाल २०८० आयोजना हुँदैछ।

सुन्दरढोका साथी नेपालका कार्यकारी निर्देशक स्व. विकास अधिकारीको स्मृतिमा अपाङ्गता भएका व्यक्ति तथा परिवारको सर्वांगीण विकासको क्षेत्रमा क्रियाशील सामाजिक संस्था सुन्दरढोका साथी सेवाको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो।

सो प्रतियोगिता आज फागुन (मार्च ३) मा सुरु भई भोलि फागुन २० गते (मार्च ४) यसको फाइनल खेल सम्पन्न हुनेछ ।

विभागीय टिम त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलसहित १५ टोलीको सहभागिता रहने उक्त प्रतियोगितामा सातै प्रदेशबाट ९ पुरुष र ६ महिला टिमले सहभागिता जनाउँदै छन्।

गण्डकी प्रदेश खेलकुद विकास परिषदका उपाध्यक्ष ध्वजकुमार गुरुङले उद्घाटन गर्नुहुने उक्त प्रतियोगिता पोखरा रंगशालाको बास्केटबल कोर्ट र रामघाट स्थित मगर समाजको बस्केलबल कोर्टमा सम्पन्न हुनेछ।

प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार, दोस्रो पुरस्कार ४० हजार र तेस्रो पुरस्कार ३० हजार तथा सान्त्वना पुरस्कार ५ हजार प्रदान गरिने छ भने बेस्ट स्कलर पुरस्कार समेत रहेको छ।