पोखरा । स्वर्गीय विकास अधिकारीको स्मृतिमा पर्यटकीय नगरी पोखरामा जारी विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ लुम्बिनी र सुदुपश्चिम प्रदेश टिम फाइनलमा प्रवेश गरेका छन्।
६ प्रदेशबाट सहभागी महिला टिम तर्फको सेमिफाइनल खेलमा लुम्बिनीले कोशी प्रदेशलाई १३–६ स्कोरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो भने सुदुरपश्चिम प्रदेशले बागमतीलाई १०–६ स्कोरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।
फाइनल खेल आज सोमबार हुनेछ।
सुन्दर ढोका साथी सेवाको मुख्य प्रायोजनमा पोखरा रंगशाला र पुन समाजको बास्केटबल कोर्टमा आयोजित प्रतियोगितामा पुरुष तर्फ ९ र महिलातर्फ ६ गरी १५ टिमको सहभागिता रहेको छ भने विभागीय टिम त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको टिमले समेत सहभागिता जनाएका छन्।
—समाचार स्रोत: रातोपाटी न्यूज—
खेल लिग कम नकआउटको आधारमा खेलाइएको आयोजक समितिले जनाएको छ।