काठमाडौं। नयाँ बनेको सत्ता समीकरणमा मन्त्रालयको भागबण्डामा कुरा मिलेको छ।

नवगठित गठबन्धनले मन्त्रालयको भागबण्डा टुंगो लगाएसँगै सरकारमा सहभागी हुनेहरुकाे नाम पनि तय भइसकेको छ ।
रास्वापाले ४ ओटा मन्त्रालय पाएको छ भने रवि लामिछाने उपप्रधानसहितको गृहमंत्री बनेका छन् भने श्रममा डोलप्रसाद अर्याल, शिक्षामा सुमना श्रेष्ठ र खेलकुदमा विराजभक्त श्रेष्ठ मंत्री बनेका छन्।
त्यस्तै , सरकारमा पाँच मन्त्रालय पाएको माओवादीले पुरानै दुई मन्त्रालयमा भने निवर्तमान मन्त्रीहरुलाई नै निरन्तरता दिने भएको छ भने नारायणकाजी श्रेष्ठ गृहबाट उपप्रधानसहित परराष्ट्रमा गएका छन्।

त्यसैगरी, सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेकी रेखा शर्मालाई सोही मन्त्रालयमा दिइएको छ भने उर्जामा पनि शक्ति बस्नेतलाई यथावत राख्ने निर्णय भएको छ।

यस्तै, अर्थमन्त्रीमा वर्षमान पुन र पर्यटन मन्त्रीमा हितबहादुर तामाङलाई पठाउने निर्णय गरेको छ।