शीर्षकः ख्रीष्टमा रहनुः फलवन्त हुने चाबी
परिचयः
यूहन्ना १५:१–८ मा, येशूले दाखको बोट र त्यसका हाँगाहरूको उदाहरण दिँदै उहाँमा रहनुको महत्वको बारेमा आफ्ना चेलाहरूलाई सिकाउँदै हुनुहुन्छ । जसरी हाँगाहरूले दाखको बोटबाट आफ्नो जीवन र आहार प्राप्त गर्छन्, त्यसरी नै विश्वासीहरूले पनि आफ्नो जीवनमा फल फलाउन ख्रीष्टसँग जोडिएको हुनुपर्छ । जसरी बोटबाट अलग्गियो भने फल फल्दैन, त्यसगरी ख्रीष्टबाट अलग्गिएर कुनै पनि ख्रीष्टियनले आफ्नो जीवनलाई फलवन्त बनाउन सक्दैन ।
१. दाख र हाँगाहरू (पद १–२)
क. येशूले आफूलाई साँचो दाखको बोटको रूपमा चिनाउनुहुन्छ, उहाँका अनुयायीहरूको लागि आत्मिक जीवन र पोषणको स्रोत ।
ख. येशू बोट र विश्वासीहरूलाई हाँगा हुन् । जीवित रहन र फल फलाउनको लागि बोटमा निर्भर हुनै पर्छ ।
जस्तो एउटा आँपको बोटमा फल लाग्न लागेको छ, त्यो आँपको सानो फललाई टिपेर बाहिर राखिदियो भने त्यो सानो आँपको दाना त्यसै मरेर जान्छ । त्यस्तै विश्वासीले पनि उसको जीवनबाट फल फलाउन चाहन्छ भने ऊ ख्रीष्टमा जोडिएको हुनै पर्छ, ख्रीष्टबिना त्यो विश्वासी त्यो सानो आँपको दाना मरेर गएको जस्तै हुन्छ । उसको आत्मिक जीवनमा फल फल्दैन । (हामी २ पदलाई अन्तमा फेरि हेर्नेछौं । )
२. ख्रीष्टमा रहनु (पद ३–५) येशूमा कसरी रहने त ?
क. येशूले उहाँको वचनको आज्ञाकारिताद्वारा उहाँमा रहने आवश्यकतालाई जोड दिनुहुन्छ ।
येशूमा रहनु भनेको परमेश्वरको वचनले हामीलाई जे गर्नु भनेको छ त्यो गर्नु, जे नगर्नू भनेको छ त्यो नगर्नू हो । वचनअनुसारको जीवन जिउनुचाहिँ येशूमा रहनु हो ।
ख. साँचो चेलाहरूको पहिचान ख्रीष्टसँगको घनिष्ठ सम्बन्ध, आज्ञाकारिता र उहाँमा निर्भर हुने कुराले निर्धारण गर्दछ ।
ग. हाम्रो जीवनबाट ख्रीष्टलाई अलग गर्ने हो भने हामीले अनन्तको लागि केही पनि गर्न सक्दैनौं, तर येशूमा रहने हो भने, हामीले हाम्रो जीवनलाई फलवन्त बनाउन चाहिने सबै स्रोतहरु र शक्ति, ज्ञान, बुद्धि हरेक कुरा परमेश्वरबाट पाउँछौं ।
३. फल फलाउने (पद ६–८)
क. येशूले उहाँमा रहन असफल हुने परिणामहरूबारे पनि हामीलाई चेतावनी दिनुहुन्छ, यदि कुनै हाँगा बोटमा जोडिएको छैन भने त्यो जलाउन बाहेक अरु कामको लागि उपयुक्त हुँदैन । अँग्रेजीमा म्भबम ध्ययम भनिन्छ । बोटबाट अलग भएको हाँगालाई येशूले जलाउन मात्र योग्य हुने म्भबम ध्ययम सँग तुलना गर्नुभएको छ ।
ख. ख्रीष्टमा रहनुको प्राथमिक प्रमाण भनेको फलको उत्पादन हो, जसले हाम्रो जीवनमा उहाँको उपस्थितिको परिवर्तनकारी शक्ति प्रदर्शन गर्दछ ।
ग. जब हामी ख्रीष्टमा रहन्छौं र उहाँको जीवनलाई हामी मार्फत बग्न अनुमति दिन्छौं, हामीले हाम्रो जीवनबाट परमेश्वरलाई महिमा दिइरहेका हुन्छौं, र हाम्रो विश्वासको वास्तविकताको गवाही पनि दिइरहेका हुन्छौं ।
४. अत्यधिक फलफूलको काँट–छाँट् (पद २)
क. येशूले दाखबारीको खेतीको रूपमा पिताको भूमिकाको बारेमा बताउनु हुन्छ । एउटा बोटमा प्रशस्त फल फल्नको लागि हाँगाहरू छाँट्ने काम गर्नुपर्दछ । हाम्रो जीवनमा प्रशस्त फल फल्नको लागि परमेश्वरले हामीलाई काँट छाँट गर्नुहुन्छ ।
ख. काँटछाँट गर्दा कहिलेकाहीँ अहसज देखिन सक्छ, तर जति राम्रोसँग काँटछाँट गरिएको हुन्ट अन्नततः त्यसले अझ बढी फल फलाउँछ । हाम्रो आत्मिक जीवनमा परमेश्वरले हामीलाई जति काँटछाँट गर्न पाउनुहुन्छ वा हामी जति उहाँलाई काँटछाँट गर्न दिन्छौं, हाम्रो आत्मिक जीवन पनि त्यति नै फलवन्त हुन्छ ।
ग. हामी परमेश्वरको बुद्धि र वास्तामा भरोसा गर्न सक्छौं, उहाँको काँटछाँट् गर्ने प्रक्रियाले हामीलाई उहाँमा अझ परिष्कृत गर्छ र हाम्रो जीवनबाट प्रशस्त मात्रामा फल फलाउनको लागि डिजाइन गरिएको हो भनी हामीले थाहा पाउन सक्छौं ।
निष्कर्षः
हामी ख्रीष्टमा रहनको लागि हामीलाई आह्वान गरिएको केवल एक सुझाव मात्र होइन तर यो त ख्रीष्टियन जीवनको आधारभूत सिद्धान्त हो ।
जब हामी उहाँसँग आज्ञाकारिता, प्रार्थना, र उहाँको वचनको संगतको माध्यमबाट उहाँसँग जोडिएर रहन्छौं, उहाँको जीवन दिने शक्ति हामीबाट बगिरहेको हामीले अनुभव गर्न सक्छौं ।
हाम्रो जीवनले फल फलाउँछ जसले परमेश्वरलाई महिमा दिन्छ र अरूलाई पनि आशिष् पुर्याउँछ ।
हामी निरन्तर ख्रीष्टमा रहन सक्छौं, उहाँको प्रेमले हामीलाई बाँझो हाँगाहरूबाट उहाँको अनुग्रह र सत्यको भाँडोमा रूपान्तरण गर्दछ ।
वचन प्रचारक: जीवन रायमाझी