ललितपुर: नेपाल राष्ट्रिय मण्डली संगति (एनसीएफ) ले पास्टर दफ्तन सादालाई सम्मान गरेको छ।
नेपाल राष्ट्रिय मण्डली संगति (एनसीएफ) ले पास्टर दफ्तन सादालाई आज बिहीबार एनसीएफको कार्यालयमा सम्मान गरेको हो ।
पास्टर दफ्तन सादा एनसीएफका संस्थापक सदस्य तथा प्रथम महामन्त्री हुनुहुन्छ।
पास्टर दफ्तन सादालाई एनसीएफमार्फत् नेपाली मण्डलीमा पुर्याउनुभएको अतुलनीय योगदानको कदर गर्दै नगद रू. पचास हजारसहित सम्मान पत्रद्वारा सम्मान गरिएको हो।
एनसीएफ नेपालका अध्यक्ष हनोक तामाङ्गले सम्मान पत्र प्रदान गर्नुभएको थियो भने सो संस्थाका पदाधिकारीहरूको सहभागिता रहेको थियो।
सम्मानित पास्टर दफ्तन सादा नेपाली इसाई मण्डली (ज्ञानेश्वर चर्च) का संस्थापाकमध्येका एक हुनुहुन्छ साथै हाल उहाँ ९२ वर्षको उमेरमा पनि पास्टरको रुपमा नेपाली इसाई मण्डली (नेइम ललितपुर चर्च) मा सेवकाइमा सक्रिय हुनुहुन्छ।
—(रामकुमार घले)—
















