नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नयाँ सत्ता गठबन्धन बन्ने संकेतसँगै निजी क्षेत्र उत्साहित देखिएको छ। मुलुकका दुई प्रमुख राजनीतिक दलबीचको सत्ता गठबन्धनले संकुचनमा गएको अर्थतन्त्रलाई पुनः लयमा ल्याउने र बजारमा आत्मविश्वास बढाउने अपेक्षा निजी क्षेत्रले राखेको छ। नयाँ सत्ता समीकरणले अर्थतन्त्रमा सुधार आउने र व्यवसायीहरूलाई लगानीको वातावरण बन्नेमा निजी क्षेत्र आशावादी देखिएको छ । दुई ठूला राजनीतिक दलहरूबीच सत्ता सहकार्यका लागि भएका संविधान संशोधन, निर्वाचन प्रणाली र प्रदेश संरचना हेरफेर लगायतका विषयहरूले थप आशावादी र उत्साहित बनाएको धारणा निजी क्षेत्रले व्यक्त गरेको छ ।
उद्योगी व्यवसायीहरूले पुराना ठूला राजनीतिक शक्ति एक ठाउँमा आएर स्थिर सरकार बन्नु निजी क्षेत्रका लागि सुखद् पक्ष भएको भन्दै राजनीतिक स्थिरतासँगै आर्थिक र नीतिगत स्थायित्वमा जोड दिनुपर्ने आवश्यकता रहेको निजी क्षेत्रको भनाइ छ । देशको अर्थतन्त्रलाई ठोस कार्यदिशा दिन र सबल बनाउन दुई राजनीतिक दलको सत्ता समीकरण उचित देखिएको निजी क्षेत्रका उद्योगी व्यवसायीहरूले बताएका छन् ।
अर्थतन्त्र सुस्ताएर घरजग्गा कारोबार खुम्चिएको, उद्योग व्यवसाय ३० देखि ४० प्रतिशत क्षमतामा मात्रै सञ्चालन भएको, उद्योगी व्यवसायीहरूले बैंकको ब्याज तिर्न नसकेको र पुँजीबजार माथि उठ्न नसकेको अवस्थामा नयाँ सत्ता समीकरणले यी समस्या समाधान गर्नेमा आशावादी बनाएको उनीहरूको भनाइ छ । व्यवसायीहरूले ६-६ महिनामा सरकार परिवर्तन हुनु अस्थिरता भए पनि अब बन्ने सत्ता समीकरणले राजनीतिक स्थायित्व र स्थिर सरकार दिनेमा निजी क्षेत्र आशावादी बनाएको प्रतिक्रिया दिएका छन् ।
उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले दुई ठूला दल मिल्नुले राजनीतिक स्थिरता र आर्थिक स्थायित्व हुने अपेक्षा रहेको बताइन् । उनले आर्थिक स्थायित्वका लागि दुई ठूला राजनीतिक दलको सत्ता समीकरण उपयुक्त भएको धारणा राखिन् । उनले नयाँ सत्ता समीकरणको प्रशासनिक खर्च कम गर्न प्रशासनिक पुनरवलोकनका लागि संविधान संशोधन गर्ने, आर्थिक विकास गर्ने लगायतका सहमति निजी क्षेत्रका लागि स्वागतयोग्य रहेको उल्लेख गरिन् ।
पूर्वअध्यक्ष राणाले देशको आर्थिक उन्नतिका लागि सबै राजनीतिक दलहरू मिल्नुको विकल्प नभएको भन्दै निजी क्षेत्रलाई सबल बनाए मात्र देशको अर्थतन्त्रको सबलीकरण हुन सक्ने उल्लेख गरिन् । उनले केही वर्षदेखि धराशायी भएको मुलुकको अर्थतन्त्र राजनीतिक स्थिरता भए मात्रै लयमा आउने बताइन् ।
उनले ३० देखि ४० प्रतिशत क्षमतामा उद्योगहरू सञ्चालन भएको अवस्थामा नयाँ सत्ता समीकरणसँगै यो क्षेत्र चलायमान हुने विश्वास व्यक्त गरिन् । उनले मुख्य भन्सारहरूमा नै राजस्व सकलन कम हुँदै मुलुकको अर्थतन्त्र ओरालो लागेको अवस्थामा राजनीतिक दलहरूले ठीक समयमा समीक्षा गरेर गरेको गठबन्धन स्वागतयोग्य भएको उल्लेख गरिन् । उनले सत्ता समीकरण परिवर्तन भएको चार महिनामा दुई ठूला राजनीतिक दलहरू मिलेर सरकार चलाउने र अर्थतन्त्रको विकास गर्ने सहमति सकारात्मक रहेको बताइन् ।
उनले ठूला दल मिलेर बनेको सरकार स्थिर हुन आवश्यक रहेको बताइन्