सिड्नीमा केपीएनपी ओपन सिरिज खेल्न नेपाल प्रहरी एकेडेमीका खेलाडी आयशा र इन्दिरा सोमबार सिडनी मा आई पुगेका छन ।

१३ जुलाईमा नेपाल प्रहरी एकेडेमीका दुई राष्ट्रिय खेलाडी आयशा र इन्दिरा सिड्नीमा केपीएनपी ओपन सिरिज खेल्न सहभागी हुँदैछन्। उनीहरूलाई एनआरएनए Australia ka NSW कोर्डिनेटर बिनोद कुँवर र वारियर्स तेक्वान्डो मार्शल आर्ट्स एण्ड फिटनेसका संस्थापक प्रकाश क्षेत्रीले स्वागत गरेका छन्।

खेलको तयारीको लागि उनीहरू अस्ट्रेलिया नेशनल स्पोर्ट्स क्लबमा ग्रान्डमास्टर बिलाल एल्मोवी र मास्टर प्रकाशको मार्गदर्शनमा प्रशिक्षण लिँदै छन्।