ग्रेस नेपाली डायस्पोरा समुदाय GNDC) ले आगामी सेप्टेम्बर २२, २०२४ मा तेस्रो वार्षिक अल्फा एण्ड ओमेगा इन्टर-चर्च ५-ए -साइड फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ। सिड्नी को Wetherhill Park स्थित एमर्सन फुटसल कोर्टमा हुने यो प्रतियोगिताले अस्ट्रेलियामा रहेका नेपाली ख्रीष्टियन समुदायबीचको सम्बन्धलाई मजबुत बनाउने र सहभागीहरूबीचको मित्रताको भावना बढाउने उद्देश्य राखेकोछ ।

“प्रेम, एकता र भातृत्व” को नारा सहित GNDC ले बार्षिक रूपमा प्रतियोगिता गर्दै आएको  छ। प्रतियोगितामा सिडनी का बिभीन्न मण्डलीको प्रतिनिध्व गर्दै खेलाडी हरूको टिम साथै हौसला प्रदान गर्दै प्रतियोगिता लाई भब्य र सफल पार्नका लागी पाष्टर तथा अगुवाहरुको समेत सहभागिता रहने साथै बिगत बर्ष भन्दा ठुलो संख्या मा खेलाडी टिम साथै खेल प्रेमी दर्शक हरूको सहभागीता रहने र प्रतियोगिता प्रतिस्प्रधात्मक तथा मण्डली हरु बीच रहेको भाइचारा सम्बन्ध अझै मजबुत बन्ने बिश्वास गरिएको र पुर्व तयारी  कार्य सुरू भएको  जानकारी GNDC का संयोजक सिमोन राज भाटले दिनु भयो।

स्मरण रहोस्, GNDC ले २०२१ देखि सिड्नीमा नेपाली डायस्पोरा समुदाय, विशेष गरी नेपाली ख्रीष्टियन समुदायहरूको बिचमा सेवा  गर्दै आएको छ, जसको उद्देश्य “समुदाय को हित र कल्यान कारी कार्य र सेवा हर क्षेत्रमा नेपाली डायस्पोरा समुदायहरूको सेवा गर्नु” रहेको छ। GNDC को आफ्नै फुटबल क्लब पनि रहेको छ, जसले सिड्नी र सिड्नी बाहिर नेपाली समुदायमा आयोजना हुने बिभिन्न प्रतियोगितामा भाग लिदै आएको छ। फुटबल क्लबको माध्यम द्वारा अख्रिस्टिएन नेपाली समुदायहरु मा सुसमाचार प्रचार गर्ने ख्रिस्टको गवाही बन्ने काम भएको Grace FC का  कप्तान सरन क्षेत्रीले बताउनु भयो।

बिगतका बर्षमा पाएको सफलतापछि, GNDC यस वर्षको कार्यक्रमको लागि उत्साहित र आशावादी छ। कार्यक्रम बिहान ९ बजे सुरु हुनेछ, जसको लागि हरेक टिमलाई $२५० दर्ता शुल्क राखिएको छ। आयोजकले टिमहरूलाई आफ्नो सहभागीहरूको सूची र दर्ता शुल्क सेप्टेम्बर १५, २०२४ सम्ममा बुझाउनको लागी अनुरोध  गरेको छ।

थप जानकारीका लागि GNDC लाई ०४५२ ५४९ ३३० मा सम्पर्क गर्न सकिनेछ।साथै gracenepalidc@gmail.com  इमेल गर्न सकिनेछ।