Nepal Vs Scotland

आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपाल र स्कटल्यान्डबीचको खेल संभावित आधिहुरीका कारण रद्द गरिएको छ। डालसस्थित ग्राउण्ड प्रेरी क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ६ ओभरमा १ विकेट गुमाउँदै २६ रन बनाएको अवस्थामा खेल रोकियो। खेल रोकिनु अघि डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा नेपालका अनिल शाह १० रन बनाएर बउट भएका थिए । आसिफ शेख भने ९ रनमा नटआउट थिए ।

अमेरिकी राष्ट्रिय मौसम विभागका अनुसार दिउँसो १ देखि ४ बजेसम्म आधिहुरीको सम्भावना रहेको जानकारी थियो, जसले खेल स्थगित गर्न बाध्य बनायो। परिणामस्वरूप, दुबै टोलीले १-१ अंक बाँडेका छन्।

हालसम्म, नेपालले लिग-२ मा १२ खेलमध्ये २ मा मात्र जित हात पारेको छ, ८ मा पराजित भएको छ, र २ खेल रद्द हुँदा ६ अंकका साथ तालिकाको सातौं स्थानमा रहेको छ। र स्कटल्याण्डले १२ खेलबाट १४ अंक जोडेर तेस्रो स्थानमा छ । अब नेपालले लिग-२ अन्तर्गत २०२५ मे महिनामा स्कटल्यान्डमा आफ्नो खेल खेल्नेछ, जहाँ पुनः नेपाल र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ।

नेपालको आगामी खेल लिग-२ अन्तर्गत २०२५ को मे महिनामा स्कटल्यान्डमा हुनेछ। यस सिरिजमा नेपाल र स्कटल्यान्डबीचको प्रतिस्पर्धा अझ कडा हुने अपेक्षा गरिएको छ, किनभने दुवै टोली अंक तालिकामा सुधार गर्न र आफ्नो लिग स्थान सुरक्षित गर्न लागि पर्नेछन्। यो सिरिजले नेपाललाई आफ्नो खेल रणनीतिमा सुधार गर्ने र खेलाडीहरूको अनुभवलाई थप निखार्ने अवसर प्रदान गर्नेछ।