ललितपुर – सेवक फिल्म प्रा.ली. द्वारा निर्माण गरिएको ईसाई चलचित्र “छुटकारा” को प्रचारप्रसार कार्यक्रम आज सम्पन्न भयो । एकान्तकुना स्थित क्वालिटी फूडल्याण्ड मा आयोजना गरिएको पत्रकार सम्मेलन तथा प्रचारप्रसार कार्यक्रममा विभिन्न पत्रकारहरूको उपस्थिति रहेको थियो।
” ‘छुटकारा’ चलचित्र मनोरञ्जन मात्र नभएर आफ्नो आत्मिक पाटोलाई बलियो बनाउने किसिमले बाइबलका पदहरू समेटेर बनाइएको चलचित्र हो”; चलचित्रका निर्देशक रोशन सेवकले बताए । यस चलचित्रको उद्देश्य मुक्तिको सन्देश सबैको माझमा पुर्याउनु हो भने मुक्तिको सन्देश ग्रहण गरिसक्नुभएकोहरूको लागि आत्मिक रूपमा प्रभुमा अगाडि बढ्नुलाई प्रोत्साहन दिनु हो भनी सेवकले जानकारी दिए ।
सेवक फिल्म्स प्रा.ली. को यो सातौँ प्रस्तुति हो । विगत लामो समयदेखि ईसाई चलचित्रमा कार्यरत सेवक फिल्म्स का निर्देशक रोशन सेवकले चलचित्रमा काम गर्दा को विभिन्न चुनौतीका विषयमा पनि चर्चा गरे । “चलचित्रमा हुने विभिन्न चुनौतीहरू मध्यमा आर्थिक चुनौती सेवक फिल्म्सको लागि विशेष चुनौती रहेको छ” ; सेवक बताउँछन्।
ईसाई चलचित्र ‘छुटकारा’ यही पौष १७ गते ग्वार्को स्थित हेब्जिबा म्युजिकसिटी हलमा दिउँसो १ बजे बाट प्रदर्शन हुने भएको छ। टिकेटको मूल्य रु ३०० रहेको छ । नयाँ वर्ष २०२५ को उपलक्ष्यमा प्रदर्शन हुने ईसाई चलचित्र ‘छुटकारा’को टिकट esewa बाट पनि लिन सकिन्छ।