काठमाडौँ —राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेको काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनसम्बन्धी मुद्दामा आजै आदेश आउने भएको छ । सरकारवादी पक्ष र लामिछाने पक्षका वकिलहरूले बहस सकिएसँगै यो मुद्दामा आदेश आउने भएको हो ।

यो मुद्दामा मंगलबार सरकारी वकिलको कार्यालयका तर्फबाट बहस सकिएको थियो । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम ठगी मुद्दामा बिहीबार कास्की जिल्ला अदालतबाट धरौटीमा छुटेका लामिछाने आइतबार बिहान काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए ।