काठमाडौं। त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-२० शृङ्खलाको उपाधिका लागि आज नेपाल र आज नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा गर्दैछ। खेल बिहान ११:३० बजे सुरु हुनेछ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक शृङ्खलामा नेपाल दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको हो भने नेदरल्याण्ड्सले पहिलो स्थान हासिल गरेको थियो। त्यस्तै नामिबिया तेस्रो स्थान हासिल गर्दै प्रतियोगिताबाट बाहिरिसकेको छ।

आज हुने फाइनल प्रतिस्पर्धाबाट टी-२० शृङ्खलाको विजेता छानिनेछ।