सिड्नी : सिड्नीमा फेमिली फन डे कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ। युनिभर्सल पिस फेडेरेसन (Universal peace federation) ले मे २६ तारिख आइतबार आयोजना उक्त कार्यक्रममा सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारी, अबर्न प्रहरी, विभिन्न संघ, संस्था तथा धार्मिक समुदाय प्रमुखलगायत सर्वसाधारणको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा विभिन्न समुदायले आफ्नो समुदायको कला र संस्कृति झल्कने भेषभूषामा एकल तथा सामूहिक नृत्य प्रस्तुत गरेका थिए भने आ-आफ्नो मातृभाषामा गीतसमेत प्रस्तुत गरेका थिए।

यसका साथै विभिन्न विवाहित जोडीलाई अवार्डले सम्मान गरिएको थियो जसमा नेपाली जोडीसमेत रहेका थिए।

भव्यरूपमा सम्पन्न यस कार्यक्रममा आमन्त्रित अतिथिहरूले यस कार्यक्रमबाट एकता, प्रेम सद्भाव कायम रहने विश्वास व्यक्त गरेका थिए।
कार्यक्रमका संयोजक तथा Strathfield Nepali समाज का अध्यक्ष सन्तोष न्यौपानेले कार्यक्रम भव्यरूपमा सफल भएकोमा सबैलाई धन्यवाद ज्ञापन गरेका थिए।